मानपुरको १९ औं गाउँ परिषद्बाट १ करोड ४८ लाख बजेट बिनियोजन

Posted on: 12 Jan, 2016

मानपुर गाविसको १९ औं गाउँ परिषद्ले करीव डेढ करोड बजेट बिनियोजन गरेको छ । मंगलबार सम्पन्न परिषद्ले आर्थिक वर्ष २०७३र०७४ का लागि १ करोड ४८ लाख ७१ हजार ५ सय बजेट बिनियोजन गरिएको हो ।

‘सुशासन उत्तरदायित्व बुझौं सबैले, आत्मनिर्भरता र समानताका लागि, लागि परौं हामी सबैले’ भन्ने मूल नाराका साथ मंगलबार मानपुरमा १९ औं गाउँ परिषद् सम्पन्न भएको हो । मानपुर गाविस गेहराज पौडेलको अध्यक्षता एवं जिल्ला विकास समिति दाङका आ.ले.प. अधिकृत सुदनबहादुर डिसीको प्रमुख आतिथ्यतामा परिषद् सम्पन्न भएको हो । कृषि सेवा प्रमुख पशुपति शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुहरुले बिनियोजित बजेट सही ठाउँमा र निर्धा्रित समयमा कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिएका थिए । यसरी बोल्नेहरुमा दलित सञ्जाल मानपुरका मानसिंह सुनार, वडा नागरिक मञ्चका भोजराज वली, नेपाली काँगे्रसका यज्ञबहादुर बस्नेत, एमालेका लोकबहादुर वली, नेकपा क्रान्तिकारी माओवादीका तुलाराम भण्डारीलगायतकाले बोल्नुभएको थियो ।

बिनियोजित बजेट सामाजिक सुरक्षातर्फ ८३ लाख ५२ हजार पुँजीगततर्फ ३८ लाख ७६ हजार, सञ्जाल अनुदान ४ लाख ५३ हजार आन्तरिकलाई ८ लाख ९० हजार ५ सय जिविसबाट १० लाख बिनियोजित गरिएको छ । कार्यक्रममा पुरुषतर्फका जेष्ठ नागरिक बुद्धिराम चौधरी र महिलातर्फ जिरख्नी चौधरीलाई नगदसहित सम्मान–पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण मानपुर गाविसका कार्यालय सहायक राजेन्द्र केसीले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!