निरन्तर आक्रमण हुँदापनि प्रशासन मौन बस्यो—महासचिव वली

Posted on: 06 Jan, 2016

पुस २२, दाङ । मालिका –कालिका यातायात प्रालिका महासचिव गेहन्द्र वलीले प्रालिका वसहरु माथि निरन्तर आक्रमण हुँदापनि प्रशासन मौन वसेको भन्दै रोष प्रकट गरेका छन् । उनले भने ‘ मंसिर २१ मा मालिका कालिकाको औपचारिक उद्घाटन भएदेखि नै हामी माथि निरन्तररुपमा भौतिक आक्रमण हुँदै आएको भएपनि प्रशासनले दोषीलाई कठघरामा उभ्याउन नसक्नु विडम्वना हो ।’ महासचिव वलीले राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिकै निर्देशनमा आफूहरु माथि निरन्तर आक्रमण हुँदै आएको आरोप लगाएका छन् । उनले मंगलवारको आक्रमणवाट तीन लाख वरावरको क्षति भएको बताए । अध्यक्ष रावलले तुलसीपुर र लमही क्षेत्रमा सुरक्षा अवस्था निकै कमजोर भएको आरोप पनि लगाएका छन् । प्रालिका वसहरु माथि तुलसीपुर र लमही क्षेत्रमा पटक(पटक आक्रमण हुँदा पनि प्रहरी मुकदर्शक वनेको उनको आरोप छ । अध्यक्ष रावलले फोनमा भने ‘हामीलाई प्रहरीले आक्रमणकारीको नाम र हुलियासहित जाहेर दिन भन्छ, हुलहालमा मुख वाँधेर आउनेलाई हामीले कसरी चिन्न सक्छौं,दोषी पहिचान गर्ने त प्रहरीको काम हो नि ?’ उनले राप्ती समितिका पदाधिकारीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरी हिच्किचाएको आरोप लगाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!