प्रालिको बस माथि निरन्तर आक्रमण, प्रशासन मौन

Posted on: 06 Jan, 2016

सन्तोषकुमार गुप्ता/ पुस, दाङ ।  मालिका–कालिका यातायात प्रालिको एउटा वसमा फेरी आक्रमण भएको छ । मंगलवार विहान साढे ३ बजेतिर लमही(२ अर्नहवा नजिकै आक्रमण भएको चालक खड्गवहादुर घर्तीले जानकारी दिए । bus todfod काठमाडौंवाट यात्रु बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ६ ख ९२५ नम्वरको वसमा ७ जनाको समुहमा रहेका यूवाहरुले ढुङ्गा प्रहार गरेको चालक घर्तीले बताए । चालक घर्तीका अनुसार तीन जना जतिले वसमा ढुङ्गा प्रहार गरेका थिए । आक्रमणवाट वसको अगाडीको मुख्य सिसामा तीनवटा प्वाँल परेको छ भने देव्रेतिरको लुकिङ गलास पनि फुटेको छ । todfod त्यस्तै वसको वडीमा पनि ढुङ्गा प्रहारबाट प्वाँलहरु परेको छ । झ्यालको सिशापनि फुटेको चालक घर्तीले बताए । चालक घर्तीका अनुसार ढुङ्गा प्रहार गर्दा उनको अनुहारमा सिसाको टुक्राले लागेर सानो घाउ समेत वनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!