दाङमा अर्काे पनि यातायात प्रालि खुल्यो

Posted on: 06 Jan, 2016

सन्तोषकुमार गुप्ता/ पुस, दाङ ।  निकट भविस्यमै सेवा सुरु गर्ने तयारी गर्दै दाङमा थप अर्काे प्रालि खुलेको छ । आगामी माघ पहिलो सातादेखि सेवा सुरु गर्ने तयारी सहित दाङ यातायात सेवा प्रालि खोलिएको छ ।

उक्त प्रालिले पुस १९ गते मात्रै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । दाङ यातायात सेवा प्रालिको दर्ता नं. १४३३११ रहेको प्रालिका अध्यक्ष पिताम्वर कँडेलले जानकारी दिए । प्रालिका अध्यक्ष कँडेलका अनुसार माघको पहिलो हप्तादेखि सेवा सुरुगर्ने जानकारी पनि दिए ।

उनले ६ वटा डिलक्सवसहरु भारतको दिल्लीमा निर्माणाधिन रहेको बताए । अध्यक्ष कँडेलका अनुसार गाडीको बडी निर्माण कार्य पुरा भइसकेको भएपनि पेन्टिङ र वाइरिङको काम मात्रै पुरा हुन वाँकि रहेको जानकारी दिए । उनले आगामी आइतवार मात्रै थप २० वटा नयाँ चेसिजको बडी निर्माणको लागि डिल्ली पु¥याउने जानकारी पनि दिए । दाङ प्रालिले ६ वटा नयाँ डिलक्स वस माघको पहिलो हप्ता देखि नै सेवा दिने गरी भित्रिय पनि थप २० वटा गाडीहरु भने फागुनको पहिलो हप्ता सम्म तुलसीपुरमा भित्रने जानकारी दिएको छ । दाङ प्रालिको केन्द्रिय कार्यालय तुलसीपुरको पातुखोला पुलपारी पोल्चक भन्ने स्थानमा केन्द्रीय कार्यालय स्थापना समेत गरिसकेको छ । पहिलो लटमा माघको पहिलो हप्ता दाङ आइपुग्ने ६ वटा डिलक्स वसहरु समितिका पदाधिकारीहरु ६ जनाले एक–एक वटा ल्याउने दाङ प्रालिले जनाएको छ । समितिले एउटा डिलक्स वसको मुल्य ५८ लाखको हाराहारीमा पर्न गएको जानकारी पनि दिएको छ । दाङ प्रालिको पदाधिकारीमा को–को छन् ? दाङ यातायात सेवा प्रालिको अध्यक्ष–पिताम्वर कँडेल,वरिष्ठ उपाध्यक्ष निराजन केसी, महासचिव मदनवहादुर भण्डारी, कोषाध्यक्ष पदम केसी, सदस्य शिव केसी रहेका छन् । प्रालिले सल्लाहाकारमा ऋषिराज केसी र कानुनी सल्लाहाकारमा मोहन धिताललाई चयन गरेको छ । पछि आवश्यक्ता अनुसार कार्यसमिति विस्तार गरिने अध्यक्ष कँडेलले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!