१३ औँ महाधिबेसनमा सभापतिमा लड्छुः सुजाता कोइराला

Posted on: 06 Jan, 2016

सन्तोषकुमार गुप्ता/ पुस, दाङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुजाता कोईरालाले आसन्न १३ औँ महाधिबेसनमा सभापती पदमा उमेद्धारी दिने बताएकी छिन् ।

नेपाल प्रेस युनियन दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा केन्द्रिय सदस्य कोइरालाले स्वर्गीय गिरीजाप्रसाद कोइरालाले अपनाएको बाटो र पद्धती समाप्त पार्ने खेल भएको भन्दै अब आफुले पार्टीको नेतृत्व लिने बताईन । देश र जनताका लागि हरेक आन्दोलन र प्रजातन्त्रका लागि योगदान गर्नेहरुको धारलाई समाप्त पार्ने कांग्रेसकै नेताहरुबाट खेल भएको भन्दै कोइरालाले नेतृत्वका लागि अघि सरेको बताईन । पार्टी परम्परागत ढंग र पुरानो पुस्ताले अब पार्टी चलाउन नसक्ने भन्दै उनले नयाँ पुस्ताले नेतृत्व लिनु पर्ने धारणा राखिन । अर्को प्रसंगमा नेता कोइरालाले देश अहिले जटिल अबस्थामा रहेको भन्दै निकासका लागि राष्ट्रिय एकतामा जोड दिईन ।

नयाँ संबिधान उत्कृष्ठ संबिधान भएको जिकिर गर्दै कोइरालाले अब बिकासको चरणमा प्रबेश गर्नुपर्ने बताईन । दलका नेताहरु मिल्न नसक्दा हस्तक्षेप बढेको भन्दै उनले अब विकासको बाटोलाई पच्छ्याउन मेलमिलाप र एकतामा जोड दिईन । साथै नेता कोइरालाले सबै युवाहरुलाई कुनै न कुनै पेशा व्यवसायमा जोडिन आग्रह गरिन । राजनिति केही अंशमा गरे पनि पहिलो प्राथमिकता व्यवसायलाई दिनुपर्ने बताईन । देश चलाउने अब युवाहरुको जिम्मेवारी आएको भन्दै उनले युवालाई प्रोत्साहन गर्ने सरकार र नेताको आबश्यक रहेको बताईन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!