पश्चिम दाङमा रुख काटेको आरोपमा एकजना पक्राउ

Posted on: 23 Dec, 2015

ban karyalayeपुस ८, दाङ । पश्चिम दाङको एक सामुदायिक वनमा जामुनाको रुख काट्दै गरेको अवस्थामा सशस्त्र वन रक्षकको टोलीले एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पञ्चकूले गाविस ८ सिमलकुना निबासी ४८ बर्षका गोपीलाल शर्मा रहेको धनौरी सेक्टर वन कार्यालय तुलसीपुरका फरेष्टर ध्रुव गौतमले जानकारी दिएका छन् ।

पञ्चकूले गाविस ६,७ र ८अन्तर्गतको सातपोखरी हुरुम सामुदायिक वन समुहमा जामुनाको रुख काट्दै गरेको अबस्थामा शर्मालाई पक्राउ गरेको धनौरी सेक्टर वनले आज सार्वजनिक गरेको छ । सामुदायिक वनमा रुख चिरान गर्दैै गरेको सूचना पाए पछि जिल्ला वन कार्यालय घोराहीबाट खटीगएको वन रक्षकको टोलीले हिजो दिउसो वनमै दार चिरान गर्दै गर्दा पाक्राउ गरेको हो ।

शर्माले ढालेको रुख ७० क्युफुटको रहेको फरेष्टर गौतमले बताए । यता जिल्ला वन कार्यालयका वन अधिकृत नबराज काफ्लेलाई कस्तो कार्वाही हुन्छ भनि सोध्दा आफूलाई यसबारेमा थाहा नभएको भन्दै वन ऐन पल्टाएर हेर्नुस भन्दै जवाफ दिए । “म अहिले राजपुरको जंगलमा छु, मलाई वन ऐनको बारेमा थाहा छैन् आफै हेरेर लेख्नुस काफ्लेले भने ।” सेक्टर वनले २८ हजार बराबरको विगो कायम गरेको छ ।

पक्राउ परेका शर्मालाई जिल्ला वन कार्यालय घोराहीमा राखीएको छ । डेढ बर्ष अघि सामुदायिक वन समुहको नविकरण म्याद सकिएकाले राष्ट्रिय वन सरह मानिने एक वन कर्मचारीले बताए । १० हजार भन्दा बढी विगोको मुद्दा जिल्ला अदालतमा जाने व्यवस्था छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!