थरुहट आन्दोलनको माग सम्वोधन राजनैतिक संवाद भैरहेको छ: चौधरी

Posted on: 22 Dec, 2015

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले थरुहट—थारुवान आन्दोलनले उठाएका माग सम्वोधनका विषयमा राजनैतिक दलहरुका विचमा संवाद भैरहेको वताउनु भएको छ ।

दाङको लमहीमा सोमबार भएको मेची महाकाली जनजागरण अभियान वारेमा गरिएको छलफलमा चौधरीले आन्दोलनले उठाएका माग सम्वोधनका वारेमा सहज वातावरण वनाउन दलहरुका विचमा छलफल भैरहेपनि सहमतीको वातावरण अझै नवनेको वताउनु भएको हो ।

थरुहट—थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको जनजागरण अभियान कार्यक्रममा सांसद योगेन्द्र चौधरी, रुकमीणा चौधरीको सहभागीता थियो । सांसद रुकमीणा चौधरीले थरुहट आन्दोलनलाई अघि वढाउन थारु सांसद तथा नेताहरुको विचमा एकता आवश्यक रहेको वताउनु भयो ।

थारु कल्याण कारिणी सभा क्षेत्र नं. १ का अध्यक्ष चेतराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारु कल्याण कारिणी सभाका पूर्व महामन्त्रि अमृत खाँ, थारु विद्यार्थी समाजका केन्द्रिय अध्यक्ष रमेश चौधरी लगाएतको सहभागीता थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!