प्रमुख जिल्ला अधिकारी काफ्लेको योजना ‘सुरक्षित दाङ अभियान’

Posted on: 22 Dec, 2015

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । दाङ प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले हरेक क्षेत्रबाट दाङलाई सुरक्षित बनाउन सुरक्षित दाङ अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

केही दिन पहिले दाङमा प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका काफ्लेले सोमबार दाङका पत्रकारहरु सँग परिचयात्मक कार्यक्रम गर्दै शान्ति, बिकास र संबृद्धीलाई ध्यान दिदै सुरक्षित दाङ अभियान सञ्चालन गर्ने बताउनुभएको हो ।

सुरक्षित दाङ अभियानमा अपराधलाई न्यूनिकरण गर्नका लागि प्रहरीको भुमिकालाई बढाउदै शसक्त बनाउने, जनता सँग प्रहरीको सहकार्यलाई बिस्तार गर्ने, जनता र सेवा प्रदायक निकायका बिचमा हातेमालो गर्ने, सरोकारवालाहरुको सल्लाह सुझाबलाई उर्जाकारुपमा प्रयोग गर्ने, प्रकोप र सडक दुर्घटना घटाउन लागि गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

आफु जिल्लामा प्रमुख जिल्ला अधिकारीकोरुपमा रहदा सम्म यहाँका सबै क्षेत्रहरु सँग सहकार्य गर्दै निति नियमलाई पालना र सेवा प्रबाहमा प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका जिल्ला र केन्द्रीय प्रतिनिधिहरुले पत्रकार र आम सञ्चार माध्यमलाई सूचना प्रबाहमा सहजताको बाताबरण सृजना गर्न आग्रह गरेका थिए ।

जिल्लाको शान्ति सुरक्षा, विकास र संबृद्धिमा पत्रकार र सञ्चार माध्यमको सहयोगी भुमिका रहने भन्दै पत्रकारहरुले सबै सरकारी कार्यालयहरुलाई सञ्चार मैत्री बनाईदिन आग्रह गरेका छन् ।

साथै परिचयात्मक कार्यक्रममा जिल्लाका बर्तमान समस्या, चुनौतीका बारेमा पनि छलफल भएको छ । बजार अनुगमन, ढुंगागिट्टी बालुवाको सहजता, सबै कार्यालयहरुमा नागरिक सहायता कक्षको स्थापना, सूचना अधिकारीको व्यवस्थामा पनि प्रशासन गम्भिर भएर लाग्नु पर्ने बिषयमा छलफल भएको थियो ।

प्रमुख जिल्ला अधिकारी काफ्लले सुरक्षा प्रमुख, कार्यालय प्रमुख, राजनितिक दलका प्रतिनिधिहरु सँग पनि परिचयात्मक र छलफल गुर्नभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!