व्यवसाय र व्यवसायीको सुरक्षामा बिशेष ध्यान आग्रह

Posted on: 22 Dec, 2015

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । दाङका उद्योगी व्यवसायीहरुले सुरक्षित वातावरणको व्यवस्था गर्न स्थानिय प्रशासन सँग आग्रह गरेका छन् ।

नयाँ प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेलाई सोमबार आफ्नै कार्यालयका स्वागत गर्दै दाङ जिल्ला उद्योग बाणिज्य संघले व्यवसाय र व्यवसायीको सुरक्षामा विषेश ध्यान दिन आग्रह गरेको हो ।

सबै क्षेत्रबाट व्यवसायीहरु मारमा पर्ने अबस्था आएको भन्दै शान्ति सुरक्षा, व्यवसायीक सुरक्षा र आफुहरु माथी लाग्ने लान्छानालाई ध्यान दिदै व्यवसायीक बाताबरण बनाईदिन संघले आग्रह गरेको हो ।

संघका अध्यक्ष हेमराज बन्जाडेले सामान्य अबस्था देखी नाकाबन्दीको सकसमा पनि उपभोक्ताहरुको हितमा आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । तर व्यवसायीहरुको बदनियत गर्ने उदेश्यले विभिन्न पक्षबाट चलखेल हुने भन्दै अध्यक्ष बन्जाडेले त्यसतर्फ प्रशासन अनुगमन र समन्वयलाई ध्यान दिन आग्रह गर्नुभयो । आफुहरु उपभोक्ताको अधिकार र न्यायका लागि सदैव प्रतिबद्ध रहेको भन्दै उहाँले कुनै व्यवसायीले गल्ती गरे कार्वाहीका लागि आफुहरुले सघाउने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी काफ्लेले आर्थीक बिकासको आधार भनेकै व्यवसायीहरु भएको भन्दै ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने बाताबरण आफुले बनाउने बताउनुभयो । सबैलाई निति नियम अनुसार व्यवसाय सञ्चालन गर्न र उपभोक्ताको अधिकारलाई प्राथमिकता दिनु सुझाब दिनुभयो ।

सबै व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभुती दिलाउन र दाङको बिकासमा आफु संरक्षकको भुमिकामा बस्ने प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकारी दिनुभयो । संघका बाणिज्य उपाध्यक्ष नारायण भुसालको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा संघको बारेमा निबर्तमान अध्यक्ष मधुसुदन बैद्यले जानकारी गराउनुभएको थियो भने महासचिब दिपक सुबेदीले सहजिकरण गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!