करिडोरको विषयमा खुला छलफल

Posted on: 22 Dec, 2015

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । कर्णाली–कदी करिडोरका वारेमा आईतवार गढवामा छलफल गरिएको छ ।

वन्य जन्तु संरक्षण नेपालको आयोजनामा करिडोर निर्माणको विषयमा सामुदायीक वन समुहका उपभोक्ता, स्थानीय सरोकार निकायका प्रतिनिधि र सरोकारवाला निकियका विचमा छलफल गरिएको हो ।

वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाका अध्यक्ष उमाकान्त पन्तको अध्यक्षता एवम् सेक्टर वन कार्यालय गढवाका वरिष्ठ वन अधिकृत हरिप्रताप श्रेष्ठको प्रमुखआतिथ्यमा सम्पन्न छलफल कार्यक्रममा वोल्ने वक्ताहरुले वन, वातावरण र जैविक विविधता संरक्षणकालागी करिडोर आवश्यक रहेको वताएका छन् ।

सो अवसरमा नर्ती वन तथा वातावरण संरक्षण समन्वय समितिका उपाध्यक्ष भक्त बहादुर थापा, लालमणी चौधरी, गढवा ईलाका वन महासंघकी रुमा अर्याल लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा वन्य जन्तु संरक्षण संघ नेपालका वुद्धिरत्न डंगोलले कार्यक्रमको विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सहजीकरण राजेश्वर रिजालले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!