लमही खानेपानीको चुनाव पुस १५ गते

Posted on: 22 Dec, 2015
सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वकालागी पुस १५ गते निर्वाचन हुने भएको छ । निर्वाचन मण्डलले प्रकाशीत गरेको चुनावी कार्यतालीका अनुसार पुस १५ गते मदतान हुने जनाइएको छ । सार्वजनिक निर्वाचन कार्यतालीका अनुसार पुस ७ गते मतदाता नामावली प्रकाशन गर्ने, ८ गते १० बजे देखी ४ बजे सम्म मतदाता नामावली उपर दावी विरोध, ९ गते विहान १० बजे अन्तिम नामावली प्रकाशन, सोही दिन विहान ११ बजे देखी ४ बजे सम्म उम्मेदवारी दर्ताको कार्यसुची रहेको छ । यसैगरी पुस १० गते विहान १० बजे देखी २ बजे सम्म उम्मेदवारी उपर दावी विरोध, सोही दिन ३ बजे देखी ४ बजे सम्म उम्मेदवारी फिर्ता, सोही दिन ४ बजेर १५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । पुस ११ गते २ बजे चुनाव चिन्ह प्रदान, पुस १२ गते देखी १४ गते सम्म निर्वाचन प्रचार प्रसारको समय छुट्याईएको छ । पुस १५ गते विहान ८ बजे देखी ४ बजे सम्म मतदानको समय छुट्याईएको निर्वाचन मण्डलका संयोजक शेषमणी गौतमले जानकारी दिनुभयो । पानीमा राजनिति हुदैँ लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वमा आफ्नो दलको प्रतिनिधित्व हावी गराउन यहाँ कृयासील राजनैतिक दलहरुको चलखेल वढेको छ । नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा लगाएतका दल खानेपानी संस्थाको नेतृत्व हत्याउन उम्मेदवारको छनौंटमा केन्द्रित भएका छन् । नेकपा एमालेको तर्फवाट लमही नगरपालीका वडा नं १० निवासी काँशीराम डाँगीलाई अध्यक्ष पदमा उठाउने तयारी गरिएको छ । नगर कमिटिको भेलावाट डाँगीलाई अध्यक्ष पदमा उठाउने सर्वसहमत निर्णय गरिएको छ । अन्य दलहरु आन्तरिक छलफलमा ब्यस्त रहेको वुझीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!