श्रीमत् भागवतबाट दुई लाख बढी आर्थिक संकलन

Posted on: 22 Dec, 2015

bhgawat]सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । पञ्चकुलेको चिसापानीमा जारी श्रीमत् भागवतबाट दुई लाखबढी आर्थिक संकलन भएको छ । चिसापानीमा रहेको त्रिपुरेश्वर मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि गएको मंसिर २७ गतेदेखि श्रीमत भागवतबाट दुई लाख १८ हजारभन्दा बढी आर्थिक संकलन भएको बताइएको छ ।

मन्दिर ब्यबस्थापन समितिले आयोजना गरेको भागवतमा आज पञ्चकुले—४ बुटकेवा निवासी कलसि उपाध्यायले ११ हजार १ सय ११ रुपैया दान गरेको मन्दिर ब्यबस्थापन समितिले जानकारी दिएको छ ।

श्रीमत् भागवतमा आज ६१ हजार बढी आर्थिक संकलन भएको बताइएको छ ।महिला पण्डित नर्मदा शर्माले कथा बाचन गरीरहेको भागवतमा मंसिर २८, २९ र पुस १ गतेसम्म २८ हजार ८२ रुपैया, पुस २ गते ३१ हजार १७, पुस ३ गते २८ हजार १ सय ९८ र आज सबैभन्दा बढी ७० हजार र आज ६१ हजार आर्थिक संकलन भएको छ आयोजकले जानकारी दिएका छन् ।

भागवत पुस ७ गतेसम्म सञ्चालन हुने बताइएको छ । हरेक दिन भक्तालुहरुको घुइचो बढीरहेको भागवतमा पञ्चकुले—८ निवासी डिल्लीबहादुर बुढाथोकीले १० हजार पाँच सय ६, पञ्चकुले—४ निवासी बिरबहादुर विष्टले १० हजार पाँच सय, पञ्चकुले—२ निवासी शुक्रबहादुर वलीले १० हजार र पञ्चकुले—२ निवासी डिल्लीबहादुर खड्काले आठ हजार सहयोग गरेको आयोजक समितिका सचिव दिपेन्द्रबहादुर डाँगीले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!