दिपज्योतीमा दुरविनबाट पित्तथैलीको पत्थरी अप्रेसन सुरु

Posted on: 15 Dec, 2015

सन्तोषकुमार गुप्ता/ मंसिर २९, दाङ्ग ।  दिपज्योती अस्पताल दाङ प्रालिले दुरविन विधिवाट पित्त थैलीमा रहेको पथ्थरीको अप्रेसन सुरु गरेको जनाएको छ । शल्यक्रिया गरेर पत्थरीको अप्रेशन गर्दै आएको अस्पतालले यही मंसिर महिना देखी दुरविन विधीको सहायताले पित्त थैलीमा रहेको पत्थरीको अप्रेसन सुरु गरेको जनाएको हो । दैनिक एउटा अप्रेसन हुदै आएको अस्पतालले जनाएको छ । उक्त दुरबिन बिधिबाट पित्त थैलीमा रहेको पत्थरीको अप्रेसन गर्दा करिब ४५ हजार रुपैयाँ लाग्ने अस्पतालको भनाई छ । चिरेर अप्रेसन गर्दा करिब तिन महिना विरामी थलिने र दुरबिन विधिबाट अप्रेसन गर्दा तीन चार दिन मै सामान्य अबस्थामा आउने अस्पतालका डा. रमेश बस्नेतले जानकारी दिनुभयो । तर मुटु र फोक्सोको बिरामीलाई पत्थरी परे चिरेरै निकाल्नु पर्ने उहाँको भनाई छ । साथै अस्पतालले ८ महिना देखी पिसाव नलि र थैलीमा परेको पत्थरीको दुरबिन बिधिबाटै सफल अप्रेसन गर्दै आएको जनाएको छ । त्यसैगरी एपेन्डीसको पनि दुरबिन विधिबाटै अप्रेसन हुदै आएको र फियोको समेत अप्रेसन गर्दै आएको डा. बस्नेतले जानकारी दिनुभयो । साथै अस्पतालले इमरजेन्सी सहित सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!