मालिका कालिका यातायात प्रालि माथि चरणबद्ध आक्रमण

Posted on: 15 Dec, 2015

सन्तोषकुमार गुप्ता.मंसिर २९, दाङ्ग । मालिका कालिका यातायात प्रालिका महासचिव गेहेन्द्र वली माथि आक्रमण भएको भएको २४ घण्टा बित्न नपाउँदै सञ्चालनको तयारीमा रहेको मालिका—कालिका यातायात प्रालि तुलसीपुर दाङको टिकट काउन्टरमा मंगलबार राती तोडफोड भएको छ । तोडफोडबाट बुकिङ काउण्टरको सम्पूर्ण सिसाहरु फुटेको छन् । todfodसटर बाहिर रहेको काउन्टरमा तोडफोड र वोर्डहरु च्यातिएको छ । त्यसैगरी तोडफोड गर्नेहरुले प्रधान कार्यालयको बोर्ड समेत निकालेर लगेका छन् । प्रहरीले तोडफोड गर्नेहरुको पहिचान नभएको बताएको छ । उता प्रालिले भने राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिकै निर्देशनमा काउन्टरमा तोडफोड भएको आरोप लगाएको छ । मालिका—कालिका यातायात प्रालिले छिट्टै दाङ काठमाडौका लागि डिलक्स बसहरु सञ्चालन गर्ने तयारी गरिरहदा आफुहरु माथी आक्रमण र तोडफोड भएको बताएको छ । सोमबार पनि दिउसो आफ्ना महासचिब गेहेन्द्र वली माथी आक्रमण भएको प्रालीले पत्रकार सम्मेलन गरेर प्रतिक्रिया दिएको थियो ।

todfod 1 यातायात सेवामा नयाँ प्राली दर्ता गरेर मालिका कालिका यातायात आएपछि राप्ती सार्वजनिक यातायात समिति, अम्बिकेश्वरी समिति, ट्याक्सी तथा मिनि माईक्रो बस समिति आक्रोशित बनेका छन् ।

उनीहरुले आईतबार पत्रकार सम्मेलन गर्दै प्रालिलाई सञ्चालनमा रोक लगाउदै आफ्नो सेवामा गुणस्तरीयता थप्ने बताएको थियो ।

todfod 2

यस बिषयमा तपाइको प्रतिक्रिया...!