राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायीद्वारा वलीमाथि आक्रमण

Posted on: 15 Dec, 2015

oliसन्तोषकुमार गुप्ता/मङ्सिर २९, दाङ । मालिका कालिका यातायात प्रालिका महासचिव गेहेन्द्र वलीमाथि सोमबार तुलसीपुरमा अज्ञात समुहले सांघातिक आक्रमण गरेको छ ।

प्रालिले आक्रमणकारीको पहिचान गरि कानुनी दायरामा ल्याउन ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।

मालिका कालिका यातायात प्रा.लि. तुलसीपुरका महासचिव गेहेन्द्र वली माथि सांघातिक आक्रमण भएको छ । मध्याह्न करिब १२ बजे तुलसीपुरको वेष्टन पाटी प्यालेस नजिकै बाटो कुरेर बसेका २ जना युवाले आफूमाथि आक्रमण गरेको वलीले जानकारी दिए ।

अज्ञात समुहले मोटरसाइकलमा सवार वली माथि रडले अन्धाधुन्ध प्रहार गरेको प्रहरीले जनाएको छ । वलीको अवस्था सामान्य छ । आक्रमणकारीको प्रहरीले खोजी गरिरहेको छ ।

यसैबीच मालिका कालिका यातायात प्रा.लि.ले महासचिव गेहेन्द्र वली माथि राप्ती अन्चल सार्वजनिक यातायात व्यवसायी समितीले आक्रमण गरेको आरोप लगाएको छ ।

महासचिव वली माथि आक्रमण भएपछि प्रालिले सोमबार नै तुलसीपुरमा पत्रकार सम्मेलन गरी महासचिव वली माथि राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितीले आक्रमण गरेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा मालिका कालिका यातायात प्रालिका उपाध्यक्ष राजविक्रम आरसीले महासचिव वली माथि राप्ती समितिले सुनियोजित रूपमा आक्रमण गराएको दावी गर्दै आफूहरू राप्ती समिति बिरूद्द कानुनी उपचार खोज्ने बताउनु भयो । उहाँले आफूहरूले राज्यको नियम मानेर सुबिधा युक्त बस संचालन गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रालिका कोषाध्यक्ष रम्बा वलीले अघिल्लो दिन राप्ती समितिले पत्रकार सम्मेलन गरि आफ्नो प्रालिलाई संचालन हुन नदिन भेतिक रूपमा अघि बढ्ने घोषणा गरि भोलिपल्ट आक्रमण गरेको दावी गर्नुभयो । महासचिव वलीले पनि राप्ती समितिले योजना बिरूद्द आफूमाथि आक्रमण गराएको बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!