त्रिपुरको विकासका लागि रेडियो तथा सांस्कृतिक कार्यक्रम गर्ने

Posted on: 15 Dec, 2015

pathashala radioबिष्णुकुमार देवकोटा/मङ्सिर २९, नारायणपुर । “त्रिपुरको समग्र बिकासका लागि रेडियो पाठशालाको शैक्षिक तथा साँस्कृतिक ऐक्यबद्धता” भन्ने मुल नाराका साथ त्रिपुर नगरपालिका वडा नं १० स्थित नरदेवि मा.वि. तेघरामा पौष २४ र २५ गते दुई दीवसिय शैक्षिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।

साविक हपुर ,ढिकपुर र नारायणपुरको ऐकिकृतरुप त्रिपुर नगरपालिका स्थापना भएपछि जनस्तरमा एकिकृत त्रिपुरको अबधाराणालाई स्थापित गराउन र समग्र त्रिपुरको बिकासमा सहयोग पुर्याउन कालागि कार्यक्रम आयोजना गर्नलागिएको रेडियो पाठशाला नेपाल १०४ मेगाहर्जका स्टेसन म्यानेजर बामदेव देवकोटाले जानकारी दिनुभयो ।

रेडियो पाठशालाको आयोजना तथा त्रिपुर मिडिया सेन्टरको संयोजन तथा नरदेवी मा.वि. तेघराको व्यवस्थापनमा आयोजना गर्नलागिएको कार्यक्रमलाई सभ्य र भव्य रुपले सफलपार्नका लागि युवा नेता दिपक पाण्डेको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । जसको सह संयोजकमा स्टेसन म्यानेजर बामदेव देवकोटा रहनु भएको छ ।

यसैगरी कार्यक्रमलाई सफलपार्न का लागि विभिन्न उप समितिहरुपनि गठन गरिएको छ जस अनुसार कार्यक्रम संयोजकमा रेडियो पाठशालाका समाचार सह सम्पादक बिष्णुकुमार देवकोटा रहनुभएको छ ।

यसैगरी चलचित्रकर्मी यम बहादुर पुनको संयोजकत्वमा साँस्कृति संयोजन समिति गठन गरिएको छ जस्को सह संयोजकमा सि.अ.ना. कलाकेन्द्र तुलसिपुरका संरक्षक लोकराज लामिछाने रहनुभएको छ ।

यसैगरी कार्यक्रमको व्यवस्थापन समितिको संयोजकमा नरदेवि मा.वि. तेघराका बिद्यालय व्यवस्थापन समितिका सदस्य सविन शाह रहनुभएको छ ।

कार्यक्रमलाई शसक्त प्रचारप्रसार गरी सफल पार्नका लागि संचारकर्मी आर.के. सितलको संयोजकत्वमा प्रचारप्रसार समिति निर्माण गरिएको छ जस्को सह संयोजकमा त्रिपुर मिडिया सेन्टरका सदस्य सुनिल बि.क.रहनुभएको रेडियो पाठशालाले जनाएको छ ।

केन्द्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिसहित आयोजनाहुने कार्यक्रमलाई सफलपार्न सम्पुर्ण त्रिपुर बासिहरुमा मूलसमितिका संयोजक दिपक पाण्डेले आग्रह गर्नुभएको छ । कार्यकमबाट संकलित रकम मध्य निस्चित प्रतिसत रकम बिद्यालयको शैक्षिक सुधारका लागि खर्च गरिने आयोजकले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!