जोत्दै आएको आधा जमिन माग्दै १५ जिल्लाका गुठी किसान दाङमा

Posted on: 14 Dec, 2015

kishanसन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । विभिन्न संस्थान तथा गुठीका जग्गा उपभोग गर्दै आएका किसानहरुको राष्ट्रिय भेला दाङमा सुरुभएको छ ।

गुठीको जग्गा कमाउदै आएका सैयौ किसानहरुको उपस्थितीमा घोराहीको झिगौरामा आईतबारबाट राष्ट्रिय भेला सुरु भएको हो ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा जम्मा भएका सैयौँ किसानहरुले विशाल (याली गर्दै जिविस रोड हुदै जिल्ला प्रशासनको अगाडिबाट झिगौरा पुगेरका भेला आयोजना गरेका छन् । नेपालको ५८ जिल्लामा किसानहरु विभिन्न संस्थान र गुठीका जग्गा जोत्दै आएका छन् भने राष्ट्रिय भेलामा १३ जिल्लाबाट किसानहरु आएका छन् ।

जोतभोग र कुत तिर्दै आएको जग्गा मध्य आधा जग्गा किसानहरुले पाउनु पर्ने मुख्य माग गर्दै किसानहरुले दवाब (याली सँगै भेलाको आयोजना गरेको स्वर्गद्धारी गुठी पिडित किसान संघर्ष समितिका अध्यक्ष सहदेब थारुले बताउनुभयो ।

गुठी जग्गा रैकर गर्नु पर्ने, बक्यौता मिनाह गर्नुपर्ने, सुरक्षित घरबार हुनुपर्ने र आश्रम सञ्चालनको व्यवस्था सरकारले गर्नुपर्ने लगाएतका माग राख्दै आन्दोलन स्वरुप पनि भेला गरिएको थारुको भनाई छ ।

दाङ सहित दैलेख, डढेल्धुरा, बैतडी, पाल्पा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, प्युठान, महोत्तरी सहित १५ जिल्लाका गुठी किसानहरुको भेलामा उपस्थिती रहेको छ ।

राष्ट्रिय भुमी अधिकार मञ्चका केन्द्रीय अध्यक्ष ल्यामबहादुर दर्जीको अध्यक्षता एवं राष्ट्रिय गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यतामा राष्ट्रिय भेलाको उद्घाटन गरिएको छ ।

तीन दिन सम्म चल्ने भेलामा अहिलेको अबस्थाको समिक्षा र अबको दवाव तथा आन्दोलनका बारेमा छलफल हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!