दाङमा एकको हत्या, अर्को शब फेला

Posted on: 14 Dec, 2015

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । दाङको तुलसीपुरमा आईबार एक जना व्यक्तिको हत्या भएको छ भने रामपुर गाविसमा थप अर्का एक जना पुरुष नालीमा मृत अवस्थामा फेला परेका छन् ।

तुलसीपुर नगरपालिका वडा नं.–१८ क्वाङ्गी निवासी २५ वर्षे जलुस चौधरीको गए राति हत्या भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाइले चौधरीको धारिलो हतियार प्रयोग गरि हत्या भएको जानकारी दिनु भयो ।

शनिवार मध्य रातमा तुलसीपुर –१८ क्वाङ्गी निवासी चौधरी काम गरेर फर्कदै गरेको अवस्थामा अज्ञात समुह वा व्यक्तिले उनको हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

चौधरीको घर देखि चार सय मिटरको दुरीमा सव फेला परेको थियो । प्रहरीले घटनावारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । हत्या गरिएका चौधरीको सव पोष्ट मार्टमका लागि राप्ती अंचल अस्पताल तुलसीपुरमा राखिएको छ ।

उता दाङ रामपुर गाविसमा अर्का एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता धनवहादुर कठायतका अनुसार अन्दाजी ३४ वर्षको जस्तो देखिने एक जना पुरुषको सव नालीमा फेला परेको छ ।

तर यो खवर तयार पार्दा सम्म मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरी अहिले घटना स्थल पुगेर मुचुल्का तयार पार्दै गरेकोले त्यो हत्या हो कि होइन भन्ने अनुसन्धान पछि मात्रै खुल्ने प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!