दाङमा रगतको अभाव

Posted on: 13 Dec, 2015

blood-donor_1991408cसन्तोषकुमार गुप्ता । भालुवाङ्ग २७ मंसिर । दाङमा रगतको अभाव भएको छ । जिल्लामा अहिले रगतको धेरै अभाव भएको रक्त सञ्चार सेवा केन्द्र घोराहीले बताएको छ ।

केन्द्रमा एबी पोजेटिभ रगत नै छैन भने अन्य ग्रुपको रगतपनि एकदमै कम मात्रामा भएको केन्द्रका प्राविधीक ठाकुर पौडेलले जानकारी दिनुभएको छ । रगतको अभाव भएको समयमा विरामीसँग बदलामा लिएर भएपनि व्यवस्थापन गरिरहेको र केही दिनपछि यो अभाव कामय भएमा समस्या आउन सक्ने पौडेलले जानकारी दिनुभयो ।

लामो समयसम्म जिल्लामा रक्तदान कार्यक्रम नहुनु नै रगत अभावको मुख्य कारण भएको प्राविधीक पौडेलले जानकारी दिनुभयो । साथै रक्तादान गरेर अभाव पूर्ति गरिदिन उहाँले सम्पूर्ण संघसंस्था एवं व्यक्तीहरुमा अनुरोध गर्नुभएको छ । जिल्लामा दैनिक ४ प्वाईन्ट र मासिक डेढ सयदेखी २ सय प्वाईन्ट रगत खपत हुने गरेको केन्द्रले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!