देउखुरीको लमहीमा जोडी सम्मेलन

Posted on: 13 Dec, 2015

सन्तोषकुमार गुप्ता । मङ्सिर २७, भालुवाङ् । देउखुरीको लमहीमा झण्डै ३ सय जोडीको सम्मेलन भएको छ । शान्ति, एकता र मेलमिलाका लागी जोडी सम्मेलन गरिएको हो । विश्व शान्ति महासंघले जोडी सम्मेलनको आयोजना गरेको थियो ।

शान्ति, एकता र मेलमिलापकालागी पारिवारीक सम्मेलन गरेर विश्व शान्तिको आधार तयार पारिएको विश्व शान्ति महासंघका अशोक कुमार चौधरीले बताउनुभयो । असल परिवार भयो भने त्यसले देशलाईनै सम्वृद्ध वनाउन सक्ने उद्देश्य राखेर कार्यक्रम गरिएको छ । यसअघि यस्तै पारिवारीक जोडी सम्मेलन दाङको सौडीयार, मानपुरमा सम्पन्न भैसकेको छ । घरमा श्रीमान श्रीमतीको विचमा हुने सामान्य विवादले पनि सन्ततीमा नराम्रो असर पर्दै गैरहेको हुन्छ । तर, यस तर्फ कसैको ध्यान नजादा गम्भिर असर परीरहेको तर्फ ध्यानाकर्षण गराइएको छ ।

विश्व शान्ति महासंघका जिल्ला संयोजक कुस्मिन चौधरीको अध्यक्षता एवम् ईलाका प्रसासन कार्यालय लमहीका निमित्त प्रमख पुष्पराज गिरीको प्रमुखआतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!