निर्मला हत्या प्रकरण: बझाङमा पनि विरोध प्रदर्शन (फोटो फिचर)

Posted on: 25 Aug, 2018

भदौ ९, बझाङ |  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै  आज सनीवार  विरोध प्रदर्शन गरिएको छ । 

महिला अधिकार मञ्च बझाङ र महिला अधिकार समन्धि काम गर्ने सँघ सस्थाहरुले दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै सदरमुकाम चैनपुर बजारमा नारा जुलुससहित बिरोध  प्रदर्शन गरेका हुन ्।

सदरमुकाम चैनपुरमा  भएको जुलुसमा महिलाहरूले बलात्कारी फासी दिनुपर्ने, महिलामाथि हुने हिंसा अन्त्य हुनुपर्नेलगायतका नारा लगाएका थिए। 


कञ्चनपुरमा भइरहेको आन्दोलनको समर्थन गर्दै दोषीलाई कारबाही हुनुपर्ने मागसहित आफूहरूले विरोध प्रदर्शन गरेको महिला अधिकार मञ्च बझाङकी  अध्यक्ष जयन्ति जोसिले  बताए ।

महिलाहरूले हरेक क्षेत्रमा हिंसामा परेकाले उनीहरूमाथि हुने हिंसा न्यूनीकरण गर्न कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने आफूहरूको माग रहेको उनले बताइन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!