बझाङको सदरमुकाममा चोरीका घटनाहरु बढ्दै

Posted on: 23 Aug, 2018

टेकेन्द्र बोहरा। भाद्र ७ बझाङ। बझाङको सदरमुकाम चैनपुरमा गएराति एघार वजेतिर डम्बर बहादुर चन्दको मोबाइल पसल चोरी भएको छ। 

चन्दको मोबाइल ग्यालरीबाट एउटा ल्यापटप, ४ वटा टर्च मोवाईल, ६ किवोर्ड मोबाइल, घडी, रेडियो,  मेमरी कार्ड, नगत १५ हजारसहित  एक लाख पचास हजार वरावरको माल सामन चोरी भएको हो । 

प्रहरीको लापरवाहीको कारण सदरमुकाम चैनपुरमा हरेक दिन चोरी,डकैती,बलत्कारका घट्नाहरु दिनानुदिन बड्दै गयको स्थानिय बासिहरुले आरोप लगाएका छन । 

जनताका सुरक्षाका लागी खटिएका प्रहरीले डिउटीको समयमा फेसवुक, इमो चलाएर वस्ने गरेका कारण दिनानुदिन चोरीका घटनाहरु बढ्दै गइरहेको स्थानिय वासिहरुले आरोप लगाएका छन । 

सदरमुकाम चैनपुरमा दिनानु दिन चोरीका घटना बढ्दै गएको प्रति प्रहरी प्रशासन, जनप्रतिनिधीहरुले कुनै चासो नराखेको स्थानीय हेमराज खैरले बताए । 

केही दिन अघिमात्रै सदरमुकाम चैनपुरमै जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ४ का ओमजंगबहादुर बोहराका ६ वर्षीय छोरा अभि भनिने अभय बोहराको कानमा लगाएको मुन्द्रा चोरी गर्ने जयपृथ्वी नगरपालिका १० का १५ वर्षीय कुबेर रसाइलीलाई प्रहरीले प्रक्राउ गरेको  थियो । 

सदरमुकाम चैनपुरमा केही दिन अगाडी घरको अगाडी राखेको मोटरसाईकल चोरी गर्नेलाई अझैसम्म पनी प्रहरीले पक्राउ गर्न सकिएको छैन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!