खत्याड गाउँपालीकामा कार्यरत स्वास्थ्यकर्मिले तलब भत्ता पाएनन्

Posted on: 01 Aug, 2018

नन्द बहादुर रोकाया | साउन १६, मुगु | मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका अन्तरगतका स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीले ३ महिना देखी तलब भत्ता पाएका छैनन् ।अघिल्लो आर्थिकबर्ष सकिएर नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि खत्याड गाउपालिका अन्तरगत स्वास्थ्य संस्थामा कार्यरत ३८ जना स्वास्थ्यकर्मीले तलब नपाएका हुन् । 

तलब नपाउदा जिल्ला बाहिरका स्वास्थ्यकर्मिलाई खानु ,बस्न्न निकै समस्या भएका स्वास्थ्य चौकी गम्थाका ईन्चार्ज सन्तोष चौधरीले बताउनुभयो  । तलब भत्ता नपाउनेमा  खत्याड गाउँपालीका अन्तरगतका प्राथमिक स्वास्थ्य केन्द्र रातापानी, सुकाढीक, ह्याङ्गलु, गम्था, श्रीकोट, खमाले र सेरी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी र सहायक कर्मचारी रहेका छन् । गहेको साउन ९ गते गाउँपालिकाको कार्यालयमा स्वास्थ्य संस्थाका ईन्चार्ज र गाउँपालिकाका प्रतिनिधी बीच बैठक बसी २, ३ दिनमा सम्पूर्ण कर्मचारीको तलब खातामा हाल्ने निणय गरिएको भएपनी अहिलेसम्म कसैको तलव भत्ता नहालेको प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका प्रमुख बिष्णु बहादुर शाहीलेको भनाई छ । 

यसै बिच खत्याड गाउँपालीकामा कार्यरत स्वास्थ्यकर्मिले ३ महिना देखी तलब भत्ता नपाएको भन्दै आज बाट आन्दोलका कार्यक्रम शुरुगरेका छन । आज पहिलो दिन खत्याड गाउँपालीकामा रहेका स्वास्थ्य संस्था बन्दगरी उनिहरुले स्वास्थ्य संस्था अगाडि धर्ना दिईरहेका छन । तलब भत्ता नपाउदँ सम्म आन्दोलन जारी राख्ने स्वास्थ्यकर्मिको भनाइृ छ । खत्याड गाउँपालीकाम रहेका स्वास्थ्य संस्था बन्दा हुदाँ उपचार गर्न आउने बिरामी रित्तो हात घर फर्किन बाध्य भएका छन । 

उपचार गराउन जिल्ला अस्पताल जाउ एक दिन लाग्ने , यता यस्तै कसरी उपचार गराउने हो भन्दै बिरामि मर्कामा परेका छन , यता खत्याड गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत मणीचन्द्र कार्कीले माथिल्लो निकायमा धेरै पटक पहल गर्दा पनि स्वास्थ्य सेवा बिभागले रकम निकासा नदिँदा तलव उपलब्ध गराउन नसकेको बताए । स्वास्थ्य सेवा बिभागमा थप पहल भएको र माथिबाट बजेट निकासा भइ आएमा स्वास्थ्यकर्मिको तलब उपलब्ध गराइने अधिकृत कार्काीको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!