मिर्चैया आयुर्वेदद्धारा निःशुल्क स्वास्थ्य प्रबर्धन कार्यक्रम संचालन

Posted on: 18 May, 2018

राम नारायण पंडित/जेष्ठ ४ सिरहा । आयुर्वेद औषधालय मिर्चैयाले जेष्ठ नागरिककका लागि निः शुल्क स्वास्थ्य  प्रबर्धन कार्यक्रम संचालन गरेको छ । 

नेपाल सरकारबाट वृद्धा भत्ता सेवा लिईरहेका वृद्धवृद्धाहरुको स्वास्थ्यलाई ख्याल गरी निःशुल्क स्वास्थ्य प्रबर्धनात्मक आयुर्बेद औषधि वितरण गरिरहेको मिर्चैया आयुर्वेद औषधालयका प्रमुख राकेश कुमार यादबले बताए । 

निःशुल्क आयुर्बेद सेवा लिन वृद्धवृद्धाहरुहरुलाई वृद्ध भत्ता बुझ्ने प्रमाण र  नेपाली नागरिकत्ताको फोटोकपी लिएर आउन प्रमुख यादबले अनुरोध गरेका छन् । 

आयुर्वेद औषधालयमा बिभिन्न रोगहरुका औषधी उपलब्ध गरेकाले रोगीहरुलाई सम्पर्क गर्न प्रमुख यादबले आग्रह गरेका हुन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!