सुआहारा दोस्रो चरणको कार्यक्रम बल्कोटमा

Posted on: 26 Mar, 2018
चैत्र ११, अर्घाखाँची | महिला तथा २ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालन भएको सुआहारा दोस्रो चरणको कार्यक्रम अन्तर्गत अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका २  र ३ बल्कोटमा सुनौला हजार दिन, महिला स्वास्थ्य स्वयमसेविक, ग्रामिण नमुना कृषक र गर्भवती गरी १८६ जना महिलालाई विउँपल वितरण गरिएको छ ।
छत्रदेव २ का वडा अध्यक्ष राजेश पन्थी, ३ का वडा अध्यक्ष तेजप्रसाद खनालले विउँपल वितरण गर्नुभएको हो । क्याङ्गकोङ, घिरौंला, फर्सी, खुर्सानी, भिण्डी, भण्टा र स्विसचार्ड जातको बेमौसमी तरकारीका विउँपल वितरण गर्नुभएको हो ।
विउँपल वितरणमा सक्रिय सहभागीता रहेको लुम्विनी सामाजिक विकास केन्द्रका फिल्ड सुपरभाइजर सञ्जय पाण्डेले जानकारी दिनुभयो । अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रले सहजीकरण गरीरहेको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!