नानीकोटको गाँउपालिकाद्धारा स्वास्थ्य चौकी अनुगमन

Posted on: 02 Mar, 2018

फागुन १८, कालिकोट । पचालझरना गाउँपालिका वडा नं. ७ स्थिति स्वास्थ्य चौकी नानीकोटको गाँउपालिकाद्धारा अनुगमन गरिएको छ । 

पचालझरना गाउँपालिका स्वास्थ्य विभाग प्रमूख अरुण रोकाया, शिक्षा विभाग प्रमूख बिर्सलाल आचार्य, वन विभाग प्रमूख देवजंग कठायत, गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत छक्कबहादुर शाही, भेटनरी प्रमूख करबीर कामी लगायतको टोलीले शुक्रबार स्वास्थ्य चौकी नानीकोट र बर्थिङ सेन्टरको समेत अनुगमन गरिएको बताईएको छ ।

अनुगमनका अवसरमा नानीकोट पुगेका गाउँपालिका स्वास्थ्य विभाग प्रमूख अरुण रोकायाले स्वास्थ्य चौकी नानीकोटको सेवा प्रबाह, समस्या तथा आवश्यकताका बारेमा जानकारी लिईएको जानकारी दिए । 

उनले स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुका लागि आवश्यक पर्ने अक्सीटोक्सिन सुईको अभाव रहेको, सामान निर्मलीकरण गर्ने अटोकल्याव मेसिन र बिरामीको नाक, कान र घाँटीको जाँच गर्ने ईएन्टी सेट मेसिनको आवश्यकता रहेकोले गाउँपालिकाबाट उपलब्ध गराउन पहल गर्ने बताए ।

उनले गाउँपालिका भित्रका स्वास्थ्य क्षेत्रका समस्या समाधान तथा गुणस्तरीय स्वास्थ्य सेवा बिस्तारका लागि आवश्यक जाँचबुझ गर्न गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थाहरुको निरन्तर अनुगमन गरिने जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!