कालिकोटमा बोरा र बरियोसंग भविष्य खोज्दै बालबालिका

Posted on: 31 Dec, 2017

पुस १६, कालिकोट । कालिकोट जिल्लाको नरहरीनाथ गाउपालिका वडा नं. ८ निवासी गंग बिकलाई कापी कलम किन्नकै लागि भरिया बन्नु परेको छ ।

सरस्वती आभारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत उनी खुलालु बजारबाट अर्कैको भारी बोकेर पैसाको जोहो गर्दै आइरहेका छन् । आफुले दिन भर भारी बोकेर कमाएको पैसाले आफुले कापि, कलम र स्कुलको खर्च चलाउने गरेको उनले बताए ।

हाम्रो मुलुकमा लेखाईमा मात्रै कानून बन्ने भएकाले कतै बालबालिकाहरु जो सार्वजनिक यातायातमा खलासी छन् त कतै बोरा बोकेर प्लाष्टिकका टुक्रा पछाडि कुदिरहेका छन् भने कोही कतै होटलमा खाना पस्कदै छन् । 

ग्राहकहरुले खाएको जुठो भाँडामा आफ्नो भविष्यको धमिलो छायाँ खोजिरहेका कैयौ बालबालिकाहरु भेटिन्छन् । के उनीहरुसम्म यो कानून र समानता पुगेको छैन त ? कनै पनि देशमा बालश्रममको अवस्था कायम हुन उक्त देश अल्पविकसित हुनुको प्रतिविम्ब पनि हो ।

जसरी देशको विकासमा सवै नागरिकको भुमिका महत्वपुर्ण हुन्छ बालबालिकाको भुमिका पनि त्यति नै महत्वपुर्ण हुन्छ । बालबालिका समाजका महत्वपुर्ण जनसंख्या हुन जो देश विकासमा आवश्यक तत्व (डाक्टर, इन्जिनियर, समाजसेवी, नेता, पाइलट‘.) बन्नका लागि निर्विकल्प उर्जा हुन वर्तमानका बालबालिका भविष्यमा समाज सेवाका प्रतिक हुन । भनिन्छ बालबालिका काँचो माटो हुन जस्तो बनायो त्यस्तै बन्ने ।

उनिहरुको पहुँच श्रममा भन्दा शिक्षामा बढाउन सक्नुपर्छ तर समाजमा यि सवै कुराको वेवास्ता गरिन्छ । अनि बालश्रमको समास्या दिनानुदिन चुलिदै गइरहेको छ । 

कापी कलम बोकेर स्कुल जाने बेलामा रसि समातेर भरिया जानु परेको बाध्यता भएको बताउँछन गंग विक । नेपालमा अहिले धेरै जसो गरिव तथा दलितहरु ठुला –ठुला साहु महाजनको जमिनमा काम गरिरहेका छन् । कठिन आर्थिक भएको कारण दयनीय जीवनयापन गर्न उनीहरु बाध्य छन् ।

राज्यको दृष्टिकोणबाट सधै पछाडि परेको विकट कर्णाली त्यहीमाथि रोग, भोक अशिक्षाले गर्दा स्कुल गएर पढुने वेलामा आफ्नो जीवनयापन गर्न कहिले भारतको गल्लि त कहिले विदेशको टन्टलापुर घाममा काम गर्नुपर्ने बाध्यता रहेको छ कर्णालीमा । यसो हुनुमा राज्यनै सवैभन्दा गैरजिम्मेवारी भएको नरहरीनाथ गाउँपालीका स्थानीय जिवन सुनारले बताए ।

गरिवीले गर्दा आफ्नो छोरा छोरीको स्कुल जाने आशाहरु सवै सपना भएको नरहरीनाथ गाउँपालिका वडा नं. ३ का प्रेम दर्जिले बताए । छिमेकिका छोराछोरी झोला बोकेर स्कुल जाँदा आफ्नो छोराछोरी रसी बोकेर भरिया गएको देख्दा संसारभरी आफु मात्रै गरिब भएको दुखेसो पोखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!