कालिकोटमा छाउपडी प्रथा विरुद्ध महिला अभियान

Posted on: 30 Dec, 2017

पुस १५, कालिकोट । खाँडाचक्र नगरपालिका साविकको पाँखा गाविसलगायत विभिन्न गाउँका महिलाहरुले छाउपडी गोठ मुक्त अभियानलाई तीव्र परेका छन् ।


एक्सन वक्स नेपालको र विग्रुपको सहयोगमा स्थानीय महिलाहरुले अभियान थालेका हुन् । छाउगोठ मुक्त अभियान अन्र्तगत बुधबार साविकको पाँखा गाविस भवन परिषरमा छाउपडी प्रथाको अन्त्य गर्न चेतनामुलक सडक नाटक गरिएको स्थानीय सहजकर्ता अविसरा विष्ट अधिकारीले वताईन् ।

उनकाका अनुसार खाँडाचक्र नगरपालिका वडा नम्वर ८,९ र १० लाई लक्षित गरि सडक नाटक, विभिन्न चेतनामुलक कार्यक्रम सहितको अभियान थालिएको हो । 

कर्णाली क्षेत्रका विभिन्न जिल्ला र गाँउमा सामाजिक कुरीतिको रुपमा रहेको छाउपडी गोठ मुक्त अभियान थालिएको कर्णालीमा छाउगोठ मुक्त अभियानका अभियान्ता दमिला शाहीले बताईन् । उनले स्थानीय सहजकर्ताहरुले वडाहरुका प्रत्येक टोल टोलमा पुगेर छलफल, अन्तरक्रिया गर्दै गाँउ, टोल, वडालाई छाउपडी गोठ मुक्त बनाउने अभियान चलाइरहेको जानकारी दिइन् ।

अहिलेको जमनामा पनि कर्णाली जस्ता विकट क्षेत्रमा छाउपडी कुरीतिको रुपमा रहेको र कानूनले पनि यसलाई अवैध भनिसकेको अवस्थामा सवैले अभियानमा साथ दिनु पर्ने महिला तथा वालवालिका कार्यालय कालिकोटका प्रमुख सविता राणाले वताइन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!