कालिकोटमा हराएको न्याय खोज्दै सुर्खेतमा

Posted on: 24 Dec, 2017

दलसिंह गिरी/पुस ९, सुर्खेत । हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षार्थ खटिएका कालिकोटका म्यादी प्रहरी माथी कालिकोटको प्रहरी प्रशासनले गरेको ज्याजतिका विरुद्ध सुर्खेतमा कर्णाली एकता समाजले विरोध जनाएको छ । 

सुर्खेत सदरमुकाम विरेन्द्रनगरमा एक विरोध ¥यालीको आयोजना गरी प्रहरी प्रशासनको ज्याजतिको खेदप्रकट सहित विरोध जनाएको हो । चुनाबमा खटिएर सफलता पूर्वक आफ्नो जिम्मेवारी पुरा गरी घर फर्किनै लाग्दा म्यादी प्रहरीले पाउने सेवासुविधाको केही अंश  प्रहरी प्रशासनले कटौती गरेको भन्दै यसको यथार्थताको माग सहित म्यादी प्रहरीले गरेको शान्तीपूर्ण धर्नालाई तितरवितरपार्न प्रहरीले चलाएको गोली लागी म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको घटना पश्चात घटनाको यथार्थता छानविन गरी दोसी माथी कार्वाहि र मृतक ऐडीलाई सहिद घोषणा सहित मृतकका परिवारलाई क्षेतिपूर्ति स्वरुप १० लाख, विमा १५ लाख गरी एकमुस्ट २५ लाख रकम एकै पटक उपलब्ध गराउन  कर्णाली एकता समाजले सुर्खेतमा विरोध कार्यक्रम गरेको छ । 


विरोध ¥यालीमा नारा लगाउदै निर्दोश म्यादी प्रहरीमाथी गोली लगाई एकजनाको हत्या गरेर उल्टै ढुंगाले टाउको फुटर मृत्यु भएको भन्दै यथार्थ घटनालाई तोडमोड पार्न खोजिएको भन्दै प्रहरी प्रशासन र स्वास्थ्य संस्थाका डाक्टरहरु विरुद्ध कडा भन्दा कडा कार्वाहिको माग समेत गरेका छन् ।

यसका साथै एकता समाजले मृतक विवेक ऐडीलाई सहित घोषणा, क्षेतिपूर्ति र विमा रकम एकमुस्ट उपलब्ध, कालिकोटमा भएको झडपमा घाईते भएकाहरुको यथासिघ्र उपचारको ब्यवस्था जस्ता विभिन्न ४ बुदे माग सहित  सुर्खेत प्रशासनमा ज्ञापनपत्र समेत बुझाएको छ । यथाशिर्घ यसको सुनुवाई भएन भने चरणबद्ध आन्दोलनमा उत्रीने एकता समाजले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!