कालिकोट घटना छानबिनका लागि आउने भए डिआईजी रमेश खरेल

Posted on: 23 Dec, 2017

दलसिंह गिरी/पुस ८, कालिकोट । प्रहरी प्रशासनमा राम्रो काम गरेको भन्दै चर्चा कमाएका डिआईजी रमेश खरेल कालिकोटका म्यादी प्रहरी विवेक ऐडी हत्याको छानविन गर्न कालिकोट आउने भएका छन् । 

म्यादी प्रहरीको तलभ कम भएको भन्दै शुक्रबार दिउसो म्यादी प्रहरीले गरेको धर्नापूर्ण आन्दोलन दबाउन प्रहरी प्रशासनले चलाएको अन्धाधुन्द गोली प्रहारमा मारिएका विबेक ऐडीको घटना छानविनका लागि डिआईजी रमेश खरेल कालिकोट आउने भएका हुन् । 


शनिवार नेपाल सरकार गृहमन्त्रालयले गरेको निर्णय अनुसार मन्त्रालयका सहसचिव मान बहादुर विश्वकर्माको संयोजकत्वमा नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रवीण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ सहितको छानविन टोली कालिकोट आउने भएका छन् । एक साता भित्र घटनाबारे सत्य तथ्य छानविन गरेर प्रतिवेदन तयार पार्न गृहमन्त्रालयले निर्देशन अनुसार उक्त टोली कालिकोट आउने भएको हो । 

गृह मन्त्रालयको शनिवार बसेको बैठकले मृतक म्यादी प्रहरीका परिवारलाई दस लाख रुपैयाँ दिने निर्णय गरेको छ भने उक्त घटनामा घाइते भएकाहरुलाई निस्शुल्क उपचार समेत गर्ने निर्णय गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!