म्यादी प्रहरीमाथि प्रहरीले गोली चलाउँदा एक म्यादीको मृत्यु

Posted on: 22 Dec, 2017

दलसिंह गिरी/पुस ७, कालिकोट । म्यादी प्रहरीहरुले आफुलाई पाउने तलभ कम दिएको भन्दै सान्तीपूर्ण आन्दोलन गरिरहेका बेला प्रहरीले अन्दाधुन्द गोली चलाउदा एक जना म्यादीप्रहरीको ज्यान गएको छ । 


म्यादी प्रहरीको रासनमा बढी रकम कटौती गरी मासिक तभ दिएको भन्दै नाराजुलुस सहित जिल्ला प्रहरी कार्यालय अगाडी धर्नामा रहेका बेला म्यादीहरुलाई भगाउन अन्धाधुन्द गोली चलाउदा एक जना म्यादीप्रहरीको ज्यान गएको हो । 

प्रहरीको गोली लागी रास्कोट नगरपालिका स्थायी घर भएका म्यादी प्रहरी विवेक ऐडी ज्यान गएको छ । अन्य दर्जनौं घाइते भएका छन् । मृतक ऐडीको टाउकोमा गोली लागेको छ । एक जना म्यादीको मृत्यु पश्चात अहिले जिल्ला सदरमुकाम मान्म तनाव ग्रस्त अवस्थामा रहेको छ भने प्रहरी र म्यादी प्रहरीको दोहोरो झडपमा केही प्रहरी पनि घाइते भएका छन् । 


आक्रोसित म्यादी पप्रहरीले अहिले जिल्ला सदरमुकाम मान्मको प्रतिमाचोकमा रहेको प्रहरी विट कब्जामा लिएर तोडफोड गरेका छन् भने यता तनाव ग्रस्त अवस्था सामान्य पार्न जिल्ला प्रशासनमा सर्बदलिए बैठक सुरु हुन लागेको जिल्ला प्रशासनले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!