कालीकोटमा प्रहरीले अन्धाधुन्द गोली हान्दा एक जनाको मृत्यु

Posted on: 22 Dec, 2017

मंसिर ७, कालीकोट । म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा कालीकोटमा एक जनाको मृत्यु भएको छ । म्यादी प्रहरीले तलव कटाइएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच झडप भएको हो ।

प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले लठ्ठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो । त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछी प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागि सान्नी त्रिवेणी गाउँपालिका तिकुवा निवासी विवेक ऐडीको मृत्यु भएको छ । 

एक जनाको मृत्यु भएको खबर आएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । गोली लागेपछि ऐडीलार्इ जिल्ला अस्पताल पुर्याईएको थियो ।


प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार विदाई भएका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको हो ।

म्यादी प्रहरीले ढुंगामुढा गरेपछि प्रहरीका तर्फबाट अन्दाधुन्धा गोली प्रहार भएको बताइएको छ ।

उनी म्यादी हुन होइनन् भन्ने बारे पुष्टि भएको छैन ।- तस्वीरः खेम सिंहको फेसबुकबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!