कालिकोटको दुर्गम पलातामा विद्युतीकरण अन्तिम चरणमा

Posted on: 17 Dec, 2017

पुस २, कालीकोट | जिल्लाको पलाता गाउँपालिकास्थित फागुटीमा बिजुल्लीले झिलिमिली हुने दिन नजिकिदैँ छन् । बिकासका दृष्टिकोणले अत्यन्तै दुर्गम मानिएको फागुटीमा आगामी बैशाखसम्म बिजुल्लीले उज्यालो हुने भएको हो ।

विगत १८ बर्षदेखि निर्माणाधीन भुची खोला लघु जलविद्युत आयोजना सम्पन्नको अन्तिम चरणमा रहेको छ । उक्त लघु जलविद्युत आयोजना पुरा भएपछि पलाताको ७ वडामा पर्ने धौलागोह फागुटीका स्थानीयले विद्युत बाल्न पाउने भएका हुन् । फागुटीका २ सय ८० घरमा बिजुल्ली बाल्न पाउँने पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए ।

‘विगत १८ बर्षदेखि अलपत्र भएको भुची खोला लघु जलविद्युत अब आगामी बैशाखभित्र नै उदटन हुँदै छ’ उनले भने, ‘३५ किलो वाट क्षमता भएको लघु विद्युत आयोजना पलाताकै नमुना हुँदै छ ।’ चालु आर्थिक बर्षमा पलाता गाउँपालिकाबाट ४० लाख बजेट लगानी गरिएको अध्यक्ष वमले बताए ।

२ करोड ९ लाख को लगानीमा निर्माण हुने आयोजनाको २ किलो मिटर क्यानल निर्माण भईसकेको छ । पलाताको ओल्खेदेखि फागुटीसम्म विद्युतको क्यानल निर्माण भएको उपभोक्ता समितिका सचिव जनराज बमले बताए । ‘विद्युतको क्यानल निर्माण सम्पन्न हुँदैछ’ उनले भने, ‘अब केही महिनामा यहाँका घरघरमा विजुली बाल्ने योजनाका साथ काम भईरहे्को छ ।’ विजुली बाल्न पाउने भए पछि यहाँका स्थानीयहरु खुशी भएका छन् ।

२०५६ सालमा जिल्ला विकास समिति मार्फत ३६ लाख लगानी भएको आयोजना सम्पन्न हुने चरणमा पुगेको हो । उक्त आयोजनमा धेरै लगानी भए पनि निर्माण गर्न निकै सुस्त गतिमा भएको छ । पटक—पटक उपभोक्ता समिति फेर बदल भई रहने काराणले निर्माण कार्य ढिलो भएको उपभोक्ता समितिका सचिव बमले बताए । लघु जलविद्युत आयोजनाको खरिद तथा निर्माणको काम लुम्बिनी हाइड्रोपावर एण्ड जेभि डिजाइन प्वाइन्ट कम्पनीले काम गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!