फ्रान्सेली नागरिकको कालिकोटमा मृत्यु, यस्तो छ कारण..

Posted on: 14 Dec, 2017

दलसिंह गिरी | मंसिर २८, कालिकोट । जिल्ला सदरमुकाम मान्म खाडाचक्र देखि पश्चिम तर्फ पर्ने शान्नीत्रिबेणी गाउपालिका वडा नं. ४ स्थीत शान्तीघाट नजिकै कर्णाली नदीमा एक फ्रान्सेली नागरिक को मृत्यु भएको छ । नदीमा र्याफ्टिङ्ग गर्दै आउने क्रममा डुंगा पल्टीदा उनको मृत्यु भएको हो ।

<PHOTO REMOVED>

मेल नाम गरेका २४ बर्षिया फ्रान्सेली नागरिक मुगु जिल्लाबाट कर्णालीमा र्याप्टिङ्ग गर्दै कालिकोट पुगेका थिए । नदीमा डुंगाको साथमा र्याफ्टिङ्ग गर्दै कैलालीको चिसापानी उत्रिने योजना अनुसार नदीमा रमाउदै आएका थिए । मृतक मेल संगै आएका अन्य २ जना उनका साथीले भने अनुसार आफुहरु प्लेन मार्फत मुगु पुगेको र मुगुबाट डुंगामार्फत र्याफ्टिङ्ग गर्दै आएको बताएका छन् । मृतक फ्रान्सेली नागरिकलाई उद्धार गरिएको प्रहरी नायव उपरिक्षक सुवासचन्द बोहराले बताएका छन् । 

कर्नाली नदीमा र्याफ्टिङ्ग गर्दै बर्षेनी १ सय बढी पर्यटकहरु मुगु हुम्लाबाट कैलालीको चिसापानी सम्म जाने गर्दछन् । १० बर्षे द्धन्द्धकालमा यो संख्या न्युन भएपनि अहिले पछिल्लो चरण फेरी ह्वात्तै बढेको पान्छ ।

<PHOTO REMOVED>

यस बिषयमा तपाइको प्रतिक्रिया...!