कालिकोटमा ३ सय जनाको रक्त समूह परिक्षण

Posted on: 02 Dec, 2017

मंसिर १६, कालीकोट । कालीकोटको मान्ममा आयोजना गरिएको निःशुल्क रक्त परिक्षणमा कार्यक्रममा ३ सय जनाले रक्त परिक्षण गरेका छन् ।

कालीकोटमा विरामीहरुलाई रगत अभाव भइरहने र भौगोलिक विकटताले  रगतको अभावमा धेरै विरामीले ज्यान गुमाउनु परेको रक्तदाताहरुको माध्यमबाट कम गरी अकालमा विरामीले ज्यान गुमाउनु पर्ने बाध्यता हटाउन रक्त परिक्षण आयोजना गरिएको बताइएको छ ।


पुथ्वी रक्तदान वीर फाउन्डेसन खाँडाचक्रले आयोजना गरेको उक्त कार्यक्रममा पुनम फाउन्डेसन सुर्खेतको समन्वय र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको सहयोगमा सञ्चालन गरिएको हो ।  

रक्त समूह परिक्षण पछि कालीकोटका ३ सय जनाको रक्त समूह थाह नबने आवश्यक परेका बेला उनीहरुलाई रक्तदानका लागि आग्रह गरी रगतको अभाव कम गर्न सकिने फाउण्डेसनका अध्यक्ष रमितकुमार मल्लले बताए ।

एक दिने उक्त कार्यक्रममा कालीकोटका प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरे, सहायक प्रमूख जिल्ला अधिकारी राजकुमार दुलाल, प्रहरी नायव निरीक्षक सुवास बोहोरा, नेपाल रेडक्रस सोसाइटी कालीकोटका अध्यक्ष बलपै्रसाद सञ्ज्याल लगायतले फाउण्डेसनले गरेको कामको प्रशंसा गर्दै यसको निरन्तरताका लागि आग्रह गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!