एचआइभी संक्रमितलाई घृणा होइन, प्रोत्साहन खाँचो

Posted on: 02 Dec, 2017

मंसिर १६, कालीकोट । एचआइभी संक्रमितलाई विभेद र घृणा नगरी माया र प्रोत्साहनको खाँचो भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शनिबार मान्ममा आयोजना गरिएको एचआईभी संक्रमितलाई पक्षपात र भेदभाव विरुद्धको सामुहिक कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

एचआइभी एड्स महासंघ शाखा कालीकोटले आयोजनामा भएको कार्यक्रममा एचआइभी संक्रमितहरुले आफुहरुलाई दुव्र्यवहार र घृणा गर्ने गरेको भन्दै दुख पोखेका छन् । 

उनीहरुले आफुहरुले समाजको माया र होसला पाए जीवन जीउने प्रेरणा मिल्ने भन्दै सहयोग गर्न आग्रह समेत गरेका छन् । कालीबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दीपक शाही, महिला स्वास्थ्य स्वयम् सेविका तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!