कालिकोटमा सुत्केरी बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

Posted on: 29 Nov, 2017

दलसिंह गिरी/मङ्सिर १३, कालिकोट । कर्नाली राजमार्गको कालिकोट खण्डमा जिप दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ । 

मुगुवाट एक गर्भवती महिला सहित ९ जना यात्रु ल्याएर नेपालगंजतर्फ जादै गरेको जिप हिजो राती १० बजे कालिकोट सदरमुकाम मान्म खाडाचक्रको जिल्ला अस्पताल नजिकै दुर्घटना हुदा ३ जनाको ज्यान गएको हो भने ६ जना गम्भिर घाइते भएका छन् ।


हिजो विहान गर्भवती महिला सहित मुगुबाट छुटेको लु २ च २००३ नम्बरको रातो पिलेट जिप दुर्घटनाबाट ज्यान गुमाउनेमा मुगुका घर भएका ३५ बर्षिया नरक्रिम मल्ल, ४५ बर्षिया जयरुप भुमी र जुम्ला स्थायी घर भएका १४ बर्षिया यदुराज न्यौपाने रहेका छन ।  

यस्तै घाइते हुनेमा मुगु घर भएका २९ बर्षिया विष्णुराज घामी, ३७ बर्षिया लक्ष्मी रावल, ३५ बर्षिया किसिम कार्की, १९ बर्षिया गर्भवती मायालक्ष्मी मल्ल, हुम्ला स्थायी घर भएका २३ बर्षिया सन्तराज शाही, चालक वाके जिल्ला स्थायी घर भएका २२ बर्षिया इन्द्र प्रसाद थारु रहेका छन् । घाईतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भैरहेको छ ।

गर्भवती महिलाका लागि आवश्यक प्रसुती सेवा तथा दक्ष जनशक्ति कमीका कारण एक गर्भवती महिलाको ज्यान जोगाउन सुगमको स्वास्थ्य सेवा लिन आउदा अनायासै ३ जनाको ज्यान गयो, ६ जना गम्भिर घाइते भएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!