खोटाङमा मतदाता शिक्षा स्वयंसेवकलाई तालिम

Posted on: 10 Nov, 2017

चिसाङ शेर्पा/कात्तिक २४, खोटाङ । मतदाता शिक्षा कार्यक्रमका लागि खोटाङमा १७९ मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिइएको छ । 

शुक्रबार सदरमुकाम दिक्तेलमा मतदाता शिक्षा प्रशिक्षण तालिमको आयोजना गरेर मतदाता शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । 

निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउनका लागि तालिम प्राप्त स्वयंसेवक शनिबारदेखि दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वटै वडाका गाउँ–गाउँमा पुग्ने निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचन सम्वन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई निर्वाचनप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । मंसिर १० गते हुने निर्वाचनका लागि जिल्लामा १३६ मतदानस्थल र १७९ मतदान केन्द्र तोकिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!