विभेदपूर्ण ब्यवहार देखाएको भन्दै शिक्षकद्वारा आन्दोलनको तयारी

Posted on: 07 Nov, 2017

कात्तिक २१, कालिकोट । राहत शिक्षकहरुले लामो समय देखी शिक्षा क्षेत्रमा पुराएको योगदानको कदर नगरी राज्यले राहत शिक्षकहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको आरोप लगाउदै प्रक्रिया पु¥याई अन्य सेवा सुबिधा संगै स्थायी गराउनु पर्नै माग गरेकाछन् । 

शिक्षकहरुले आफ्ना माग पुरा गराउन दबाब दिनुको बिकल्प नभएकाले आन्दोलनमा उत्रिने बताएकाछन् । राहत शिक्षक संघर्ष समिति प्रदेश नम्बर ६ का अध्यक्ष बुद्धिसिंह बिष्टले सरकारलाई पटक पटक माग पुरा गर्न माग गर्दा पनि बेवास्ता गरेकाले देशभरका राहत शिक्षकहरु आन्दोलनमा उत्रिनु पर्ने बाध्यता आएको बताउनु भयो । 

राहत शिक्षकहरु लाई दुर्गम भत्ता र पोषाक भत्ता उपलब्ध गराउन सरकारले आनाकानी गरीरहेको आरोप लगाउदै त्यसको तत्काल कार्यान्व–यन नभए कडा आन्दोलन मा उत्रिने उहाले बताउनु भयो । 

अध्यक्ष बिष्टले अस्थायी शिक्षकहरुलाई प्रकृया पुगाएर ब्यबस्थापन गर्ने नीति बनाए जस्तै राहत शिक्षकहरुलाई पनि ब्यबस्थापन गर्नु पर्ने आफूहरुको माग रहेको जानकारी दिनुभयो । 

बिद्यालयमा सक्रिय भएर इमान्दारीता साथ अध्यापन गराउने राहत शिक्षकहरुले दोश्रो ब्यबहार खेप्नु परीरहेकोमा आफूहरुको आपत्ति भएको भन्दै खुसी भएर काम गर्ने बातावरण सृजना गर्नुपर्ने पनि उहाँले बताउनुभयो । 

अध्यक्ष बिष्टले शिक्षा र अर्थ मन्त्रालयमा पटक पटक हाम्रा मागका बारेमा छलफल भएपनि हाल सम्म निकास ननिस्किएका कारण देशभरका ४० हजार बढि राहत शिक्षकहरु थप आन्दोलनमा उत्रिन बाध्य हुने बातवरण नगर्न सरकारलाई आग्रह समेत गर्नुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!