कालीकोटको पलातामा १५ सय विरामीको स्वास्थ्य परिक्षण

Posted on: 05 Nov, 2017

कात्तिक १९, कालिकोट । कालीकोटको पलातामा आयोजना गरिएको पलाता बृहत् साँस्कृति महोत्सवमा यहाँका १५ सय बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । 

महोत्सव स्थलमै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १५ सय बिरामीले स्वास्थ्य परिक्षण र १ सय ७५ बिरामीले भिडियो एक्सरे गरेको पताला गाउँपालिका अध्यक्ष लक्ष्मण बम बताए । कालिकोटको विकट ठाउँ भनेर चिनिने पलाता गाउँपालिकामा पहिलो पटक महोत्सव भएको हो ।

महोत्सवमा राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारहरुको उपस्थिति थियो । कला, साहित्य, लोक संस्कृतीको पहिचान, स्वस्थ, सुन्दर, समृद्ध पलाँता हाम्रो अभियान भन्ने नाराका साथ मिरास्मृति कप, स्वास्थ्य शिविर तथा शहिद स्मृति साहित्य प्रतिष्ठानद्धारा कार्यक्रमको आयोजना गरिएको थियो । कात्तिक १६ गतेबाट सुरु भएको महोत्सव शनिवार सम्पन भएको हो

महोत्सवमा खेलकुद, देउडा खेल, पलातामा पाइने स्थानीय बालीहरुको प्रदर्शनी तथा भलिबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । महोत्सवमा स्थानीय फलफूल स्याउको उत्पादन भएता पनि पलाता गाउँपालिकामा सडक नभएको र हिँडेरै महोत्सवसम्म जानु पर्ने भएकोले फलफूल बाटोमा नै सड्ने गरेको स्थानीय जोरबहादुर हमालले बताए ।

मिरास्मृति कप तथा स्वास्थ्य शिविर र शहिद स्मृति कला साहित्य प्रतिष्ठान’ नाम दिएको महोत्सवमा कोहलपुर मेडिकल केलेजका चिकित्सकले स्थानीयको स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य, शिक्षा र लोक साहित्यलाई आधार मानेर महोत्सव सञ्चालन गरिएको अध्यक्ष वमले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!