राजमार्गमा ई रिक्सा चलाउन नदिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

Posted on: 04 Nov, 2017

माधव बेल्वासे | कात्तिक १८, कपिलवस्तु | शिवराज ई रिक्सा यातायात व्यावसायिक संघ ले शिवराज नगरपालिको राज मार्गमा ई रिक्सा सवारी साधन चलाउन पाउनु पर्ने भन्दै विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।विगत एक साता यता राज्यले ३ पांग्रे अटो रिक्सा र इ रिक्सा राजमार्गमा चल्न रोक लगाउने आदेश पछि शिवराज नगरपालिकामा पनि राज्यको निति नियमलाई कार्यान्वयन गर्दै ट्राफिक प्रहरीले राजमार्गमा अटोरिक्सा इ—रिक्सा संचालनमा रोक लगाएको हो । स्वदेशमा नै स्वरोजगारको खोजी गर्दा आर्थिक आर्जनको राम्रो व्यवसायको रुपमा रहेको अटोरिक्सा चल्न नपाउदा सयौं युवाहरु अहिले बेरोजगार भएका छन ।

राज्यको निति भए पनि शिवराज नगरपालिका भित्रका सहायक मार्गहरु पक्की भइ नसकेको हुदाँ राज मार्गमा नै चल्नु पर्ने बाध्यात्मक अवस्था रहेको हुदाँ सहायक मार्गहरुको स्तर उन्नती नभए सम्म चल्न पाउनु पर्ने भन्दै यस भन्दा अघि नगरप्रमुख नेत्रराज अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको समितिका अध्यक्ष पूर्ण गिरीले बताउनु भयो ।पटक पटक स्थानिय निकाय,ट्राफिक प्रहरी, वडा प्रहरी कार्यालयका प्रमुख,प्रशासन,राजनैतिक दल संग आफ्नो समस्या राख्यौं तर कहि कतैबाट हाम्रो समस्या समाधान गर्ने तर्फ पहल हुन नसकेकोले विरोधका कार्यक्रम राख्नु परेको गिरीले भन्नु भयो ।

शिवराज अटोरिक्सा समिति प्रा.लि. विरोध स्वरुप कार्तिक १९ गते आइतबार दिउसो २ बजे शान्ति पूर्ण अटो रिक्सा र्याली गर्ने, कार्तिक २० गते विहान १० बजे देखि नारा जुलुस सहित नगरपालिका र अस्थायी ट्राफिक पोष्ट चन्द्रौटा घेराउ गर्ने,२१ गते दिउसो २ बजे दखि ५ बजे सम्म राजमार्ग सडक चन्द्रौटा सडक खण्ड बन्द गर्ने, २२ गते देखि अनिश्चितकालिन यातायात बन्द गर्ने जस्ता विरोधका कार्यक्रम रहेका समितिका अध्यक्ष पूर्ण गिरीले बताउनु भयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!