कपिलवस्तुमा दुर्गा विसर्जन गर्दागर्दै एक किशोरी नदीमा डुबेर मृत्यु

Posted on: 03 Oct, 2017

इमरान खान | कपिलवस्तु १६ आसोज । कपिलवस्तु जिल्लाको कञ्चनिया नदीमा दुर्गा मूर्ति विसर्जन गर्न गएकी कपिलवस्तुकी एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ ।

महराजगंज नगरपालिका वार्ड नं. ७ कुशहवाका घर भएकी १८ वर्षीया रोशनी शुक्लाका मृत्यु भएको हो । स्थानीय खेमराज शुक्लाकी छोरी रोशनी शुक्ला दुर्गाको मूर्ति विसर्जन गर्ने टोलीसँगै भएर नदीमा गएकी थिइन ।

आइतबार बिहान साढे ९ बजेतिर कलशलाई नदीमा सेलाउने क्रममा डुबेर उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय बहादुरगंजले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंजमा  रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!