पेस्तोलसहित पक्राउ परेकालाई रिहा गर्न माग गर्दै सडक अवरुद्ध

Posted on: 24 Sep, 2017


इमरानखान/असोज ८, कपिलबस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित भरत चौधरी पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय बहादुरगंजको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित चौधरीलाई पक्राउ गरेको हो ।

चौधरी आज बिहान ४ बजे बुटहनियामा आफ्नै मिलमा पक्राउ परेका छन । 

गोप्य सुराकीका आधारमा प्रहरीको गस्ती टोलीले चौधरीलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी सहायक निरीक्षक दीपेन्द्र गिरीले बताउनुभयो ।

भरत चौधरी भन्ने एक जना किसान मात्रै रहेको र सर्वसाधारण जनतालाई पक्राउ गरिएको भन्दै स्थानीयबासिहरुले विरोध जनाएका छन ।  करिब तिन घण्टा सम्मा बहादुरगंजमा चक्काजाम समेत गरेका छन् ।

चौधरी काण्डबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बहादुरगंजले  जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!