कपिलवस्तुमा १४ वर्षीया किशोरी मृतावस्थामा फेला

Posted on: 19 Sep, 2017

असोज ३, कपिलवस्तु। कपिलवस्तु नगरपालिका– ११ रेहरामा आज एक युवती मृतावस्थामा फेला परेकी छन् । 

रेहरा निवासी अहमद अन्सरीकी १४ वर्षीया छोरी हसिना खातुन सुतिरहेका अवस्थामा बिहान ४ बजे मृत फेला परी निजका बुबाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!