प्युठानको चान्जाले पायो पहिलोपटक सोलार बत्तिको उज्यालो

Posted on: 14 Sep, 2017

सागर शर्मा/भदौ २९, प्यूठान । चान्जाका समुदाय पहिलो पटक सोलारको उज्यालोमा बस्न पाएका छन् । 


प्यूठान नगरपालिकाले आफ्नो कामको सुरुवात गर्दै दुर्गम बस्तिमा रहेको २३ घरपविारलाई सोलार बत्ति वितरण गरेपछि उनिहरुले उज्यालो पाएका हुन ।

उज्यालो पाए पछि समुदायले खुशि व्यक्त गरेका छन् । समुदायको अगुवा महिला कुस्मा बैजालीले गाउँमा सबै कुराको अभाव भएको बताएकी छिन उनले भनिन ‘समुदाय सबै कुराको अभाव छ स्कुल छैन बाटो छैन कसरी हुन्छ हाम्रो समुदायलाई सहयोग गरिदिनु प¥यो ।’ 

सोलार वितरण गर्दै ५ नं का अध्यक्ष लक्षुमन भण्डारीले नपाकै दुर्गम क्षेत्र बाट अध्यारोलाई उज्यालो बनाउने उदेश्यका साथ काम गरेको बताएका छन् । भने अनुगमन पछि अनुगमनमा गएको टोलीले उक्त बस्तिमा एक जना स्वयसेविका राख्नको लागि नपामा माग गर्ने भएको छ ।

 बालबालिकाको भवन जिर्ण भएकोले नयाँ भवनको माग गर्ने, ठुलो गाँउ देखि लिस्ने टोड्के चान्जा पदमार्ग निर्माण माग गर्ने र चान्जा बस्तिमा व्यावसायिक बाख्रापालनको लागि आवश्यक पहल तथा समन्वय गर्ने निर्णय गरिएको छ ।

दुइ लाख बराबरको लगानिमा वितरण गरिएको उक्त सोलारमा तिन ओटा वल्व रहेको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!