नवलपरासीको श्री श्याम मिष्ठान भण्डारका संचालक करोड पैसा लिएर फरार भएपछि...

Posted on: 12 Sep, 2017

भदौ २७, नवलपरासी । नवलपरासीको सदरमुकाम परासी स्थित एक मिष्ठान संचालक करोड रुपिया ब्याजमा लिएर फरार भएको आरोप लगाइएको छ । 

वि.सं २०७० सालमा परासी प्रवेश गरि एक व्यस्थित श्री श्याम मिष्ठान भण्डार खोली व्यवसाय गर्दै आएका मिष्ठान संचालक मनोज कुमार गुप्ताले विभिन्न व्यक्तिहरुबाट ब्याजमा लिएको करिब १ करोड रुपिया लिई फरार भएको पिडितहरुले आरोप लगाएका हुन् ।


जिल्लाको दर्जनों भन्दा बढि व्यक्तिहरुबाट संचालक गुप्ताले ५ देखि १० प्रतिशत ब्याजदरमा ऋण ८० लाख भन्दा बढि ऋण लिएको अनुमान गरिएको छ । चर्को ब्याजदरमा लिइएको ऋण र ब्याज समयमै तिर्न नसकेका गुप्ता ऋणमा डुब्न थालेपछि गुप्तालाई ऋण र ब्याज तिर्न साहुहरुले दबाब दिन थालेपछि गुप्ता फरार हुन बाध्य भएको स्थानियहरुको आंकलन छ ।

गुप्ता मिष्ठान खोलेपछि ६ महिनासम्म राम्रो तरिकाले संचालमा गरे पछि यहिंकै व्यपारीहरुको चंगुलमा फंसि जग्गा किनबेचमा  लागे । उनी गाडीपनि भाडामा चलाउन भनि किने, त्यति मात्र होईन भण्डारकै छेउमा एक अर्काे व्यस्थित होटेल श्री श्याम एण्ड रेष्टुरेण्ट पनि खोली हाले । यसरी ऋणमा लिएको पैसा अनावश्यक क्षेत्रमा फंसाउन थालेपछि गुप्ता बर्वादीको मुखमा फस्न पुगे ।

मिष्ठान भण्डारको गुणस्तरीय सेवा र सुविधान दिनप्रतिदिन घटदै गएपछि उनको व्यवासयपनि धारासायी बन्दै गयो । होटेल र मिष्ठान चलाउन ऋण खोज्दै उनी ऋणमा डुब्न पुगे । त्यति मात्र होईन उनी विभिन्न दुग्ध डेयरी बाट ल्याएको दुग्धको पैसा, फर्निचरको पैसा र विभिन्न सामानको पैसा पनि तिर्न आलटाल गर्दै आएको बताइएको छ । 

गत शुक्रवार गुप्ताको परिवारले मनोज गुप्ता अपहरणमा परेको भन्दै खोज तलास गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । गुप्ता लिएको ऋण समयमै तिर्न नसकेपछि उनर्लाइ अज्ञात समुहले अपहरण गरी वेपत्ता बनाएको भन्दै उनका परिवारले प्रहरीमा उजुरी दिएका हुन् । भैरहवाँ घर रहेका गुप्ताको विहिवार राती देखी सटर बन्द देखिए पछि गुप्ता भागेको परासी भरि हल्ला सुनिदै आइएको छ ।

यता गुप्तालाई ऋण दिएका दर्जनाें व्यक्तिहरु गुप्ताको खोजतलास गरि दिएको रकम फिर्ता गराउन भन्दै प्रहरीमा निवेदन दिएका छन् । प्रहरीमा परिवारले अपहरण भएको र स्थानियले ऋण असुलीका लागि निवेदन दिए पछि घटना रहस्यमय बन्दै गएको छ । ऋण दिइने ब्यतिmले ऋण तिर्न नसकेर भागेको भन्दै आएका छन् । 

ऋणमा डुबेका ब्यतिmको कस्ले अपहरण गर्छ ? ऋण तिर्न नपरोस भनि अपहरणको नाटक मात्र भएको स्थानियले आकलन गर्न थालेका छन् ।  गुप्ता शुक्रवार देखी वेपत्ता भएका छन् । 

उनि घरपरिवारको सम्पर्कमा समेत नरहेको परिवारिक स्रोतले जनाएकोाछ । गुप्ताले मासिक ५ देखी १० प्रतिसत ब्याजदरमा करिब ८० लाख भन्दा बढि ऋण लिइएको अनुमान गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!