कपिलवस्तुमा खोलामा डुबेर दुई युवतीको मृत्यु

Posted on: 10 Sep, 2017

भदौ २५,कपिलवस्तु। यशोधरा गाउँपालिका– २ का दुई युवतीको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ३३ वर्षीया इन्द्रावती यादव र १५ वर्षीया रिमा कोहार रहेको प्रहरीले जनाएको छ । 

कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला डुबेर मृत्यु गएको हो । खोला किनारमा रिमा घाँस काट्दै गर्दा खसेर डुब्न लागेपछि उनलाई बचाउन खोज्दा अर्की इन्द्रावतीको पनि डुबेर मृत्यु भएको थियो । दुबै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!