कपिलवस्तुको तौलिहवा अस्पतालमा जैसवाल

Posted on: 07 Sep, 2017


इमरानखान/भदौ २२, कपिलपस्तु । कपिलवस्तुको तौलिहवा अस्पतालको ब्यवस्थापन समितिको अध्यक्ष पदमा बिजय प्रकाश जैसवाल भएका छन । 

नेपाल सरकारको मन्त्रिस्तरको निर्णयबाट बिजय प्रकाश जैसवाल अध्यक्ष जस्तो गरिमय पदमा मनोनित भएका हुन । जैसवाललाई आदेश २०६० को दफा ३,२ (क) अस्पताल बिकास समिति गठन बामोजिम दुई बर्षको कार्यकाल रहने गरि अध्यक्ष पदमा मनोनयन गरिएको छ । 

कपिलवस्तुको महाराजगंज नगरपालिका वार्ड न. ३ बर्गदी  निवासी जैसवाल माओबादि केन्द्रका केन्द्रिय स्तरका नेता पनि हुन । अध्यक्ष जैसवालले अस्पतालको स्तरन्नती सगै बिरामीहरुलाई मर्का नपर्ने गरि कर्मचारी ब्यवस्थापन लगायत बिरामिहरुलाई सहज रुपमा अस्पतालबाट पाउने सुबिधाहरु उपलब्ध गराउने बताएका छन् ।

उनले कर्मचारी अवश्यक परेमा थप गर्ने पनि प्रतिबद्धता जनाउदै अस्पताललाई आवश्यक प्राबिधि र सेवा सुबिधा थप गर्न अहम पहल गर्ने जानकारी दिएका छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!