कपिलवस्तुमा जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते

Posted on: 04 Sep, 2017

भदौ १९, कपिलवस्तु । जिपले ठक्कर दिँदा कपिलवस्तुमा आज बिहान एकजनाको ज्यान गएको छ । 

तौलिहवा जितपुर सडकखण्डको थुमुवा नजिक लु१च ४५०१ नंको जिपले पैदल यात्रीलाई ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–६ ब्रमेली टोल निवासी ६० वर्षीय यमलाल चुदालीको ज्यान गएको हो । 

तौलिहवाबाट जितपुर आउँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका चुदालीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । 

जिपले साइकलमा विद्यालय जाँदै गरेकी छात्रालाई बचाउन खोज्दा चुदालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब निरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो । 

जिपको ठक्करबाट साइकलमा सवार विद्यार्थी कपिलवस्तु नगरपालिका–६ थुमुवाकी १४ वर्षीया लक्ष्मी यादव घाइते भएकी छिन् । 

उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको र ठक्कर दिने जिप प्रहरीकोे नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!