मुगुमा रेबिज र चरचरे रोगका कारण ८ पशुथौपाय मरे

Posted on: 03 Sep, 2017

नन्द बहादुर रोकाया | भदौ १८, मुगु | छायाँनाथ रारा नगरपालीका भित्र फरक फरक रोग का कारण ८ पशुचौपाय मरेका छन् । छायाँना रारा नगरपालीकाको वडा नं ८ र वढा नं ९ मा गरी ८ पशुचौपाया मरेका हुन् । 

छायाँनाथ रारा नगरपालीका वडा नं ८मा चरचरे रोगका कारण मा ७ वटा पशुचौपाय मरेका छन भने यता नगरपालीकाकै ९नं वडा रेबिज रोगका कारण एक खच्चड मरेको छ । चरचरे रोगको सकंमण यस तिन देखि थाहा भएपनी रेबिज रोगको जानकारी शुक्रबार मात्र भएको जिल्ला पशुसेवा कार्यलय मुगुले जनाएको छ । ९ नं वडा मुर्मा गाउँमा स्यालको टोकाई बाट एक खच्चडको मरेको र एक खच्चड बौलाहा भएको खबर आए संगै जिल्ला पशुसेवाकार्यलका डा. टंकप्रसाद पसाईको नेतृत्वमा आशांकामा रेबिज को औषधि सहित टोली मुर्मामा गाउँमा  गहेको जिल्ला पशुसेवा कार्यलय मुगुले जनाएको छ । 

यता चरचरे रोगको उपचारका लागी एक टोलि छायाँनाथ रारा नगरपालीका स्थित मुगु जुम्लाको सिमाना घुच्चिलेकमा तिन दिन देखि चरचरे रोगको उपचार भईरहेको जिल्ला पशु सेवाकार्यलय मुगुका पशु चिकित्सक भिमचन्द्र बुढालेजानकारी दिनुभयो  । उहाँले पशु चौपायमा एका एक ज्वरो आउने आँखा सुनिने, शरिरको कुनै पनी अगं नचल्ने जस्ता रोगका लक्षण देखापरे तुरुन्त जिल्ला पशुसेवा कार्यलयमा सम्पर्क गन आग्रह समेत गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!